चुस्त सार्वजनिक क्षेत्रको व्यवस्थापन,उत्तरदायित्व, निःशुल्क सूचना प्रवाह र विकास सम्बन्धि अवधारणा नै सुशासन हो । भनी विश्व बैकले सुशासनको परिभाषा गरेको पाईन्छ । नेपालको कानूनहरुमा सुशासनको स्पष्ट परिभाषा पाईदैन तर नेपालमा सुशासन कायम गर्ने सम्बन्धमा भएका कानूनहरुको अवलोकन गर्दा सेवाग्राहिको हित र चाहना अनुसारको सेवा दिने गरी सार्वजनिक संस्थाहरुको संचालनलाई नै सुशासन अर्थात असल शासन भन्न सकिन्छ ।
सुशासनले योजना बनाउने, कार्यान्वयन गर्ने एवम् कानून र प्रक्रियालाई जनताको इच्छा र आवश्यकता अनुरूप सुधार गर्दै लैजाने प्रक्रिया समेतलाई बुझाउछ । जनतालाई सेवा दिने (सेवा प्रदायक) सार्वजनिक संस्थाहरुले सेवालिन आउने नागरिक अर्थात सेवाग्राहिलाई सेवा दिदा कसैलाई पनि भेदभाव नगरी, समान ढंगले विना स्वार्थ कानूनले तोकेको प्रक्रिया बमोजिम सरल र सहज तरिकाले सेवा दिने काम गरेमा सुशासन कायम भएको मानिन्छ । सुशासनले सरकारी कार्यालयको काममा आउने ढिला सुस्तिलाई हटाई सरकारी कार्यालयहरुलाई सेवामुखी समेत बनाउ“छ ।