+ 977-9841513113

info@centerforlegaldialogue.com.np

Logo

आमाको नामबाट नागरिकता सम्बन्धी व्यवस्था


 आमाको नामबाट छोरा–छोरीले नागरिकता पाउनु पर्ने पक्ष विपक्षमा यत्रतत्र चर्चा र छलफल हुने गरेको पाईन्छ । यसको पक्षमा वकालत गर्नेले लैङ्गिक समानता र व्यक्तिको पहिचान तथा हितको संरक्षणको लागि आमाको नामबाट पनि छोराछोरीले नागरिकता पाउनु पर्छ भन्ने तर्क गर्ने गरेको पाईन्छ  भने यसको विपक्षमा तर्क गर्नेहरुले आमाको नामबाट छोराछोरीलाई नागरिकता दिँदा खास गरी भारतसँग सिमा जोडिएको तराई क्षेत्रका महिलाहरुले भारतीय नागरिकसँग विवाह गर्ने गरेकोले त्यस्ता महिलाको नामबाट निजका सन्तानले नेपालको नागरिकता पाउँदा राष्ट्रियता नै खतरामा पर्ने भन्ने गरेको पाइन्छ ।
नागरिकताको प्रमाणपत्रले व्यक्तिको पहिचान दिने र नागरिकताकै आधारमा नागरिकले आर्थिक, राजनैतिक, सांस्कृतिक तथा सामाजिक अधिकार तथा राज्यबाट प्राप्त हुने सेवा सुविधा तथा अवशरहरुको प्राप्त गर्ने भएकोले पनि नागरिकताको अधिकार व्यक्तिको अत्यन्तै महत्वपूर्ण अधिकार हो र यसरी राज्यद्वारा प्रदान गरीने अधिकारहरुको प्रदान गर्ने आधार पनि नागरिकता नै भएकोले नागरिकता नभएका व्यक्तिहरुको न पहिचान नै हुन्छ न राज्यद्वारा प्राप्त हुने सुविधाहरु तथा अधिकारहरुको उपभोग गर्ने अवसर नै उनीहरुले पाउँछन् । अतः नागरिकता व्यक्तिको सर्वाधिक महŒवको विषय भएकोले पनी यसका विषयमा चर्चा हुनु स्वाभाविक हो ।  
 

Contacts

 Tika Dhwoj Khadka(LL.M)
Center for Legal Dialogue
Adwaitmarg, Bagbazar, Kathmandu
Email: advocatetika2014@gmail.com
Mob: 9841513113

Powered By:Recent I.T. Solution and Research Center