+ 977-9841513113

info@centerforlegaldialogue.com.np

Logo

आत्म–निर्णयको अधिकारः भ्रम र वास्तविकता


 आत्म–निर्णयको अधिकार भनेको के हो ? भन्ने जिज्ञासा सबैतिर उठेको छ । खास गरी नेकपा माओवादीले प्रस्ताव गरेको जातीयताको आधारमा आत्म–निर्णयको अधिकार सहितको संघीय राज्य व्यवस्थाको अवधारणा अन्तर्गत आत्म–निर्णयको अधिकार भनेको जातका आधारमा राज्यबाट छुट्टिन पाउने अधिकार हो भन्ने तर्कले आत्म–निर्णयको अधिकार सम्बन्धी बहसलाई अझ व्यापक बनाएको छ । 
 
विभिन्न जाति÷जनजातिहरू पनि यतिखेर आत्म–निर्णयको अधिकारको माग गरिरहेका छन्, तर उनीहरूमा पनि आत्म–निर्णयको अधिकारबारे बुझाइमा एकरूपता र स्पष्टता पाइदैन् । कोही, आत्म–निर्णयको अधिकार भनेको राज्यबाट अलग हुने अधिकार भन्दछन् । कोही विद्रोहको अधिकार । यस्तै आत्म–निर्णयको अधिकार भनेको के हो ? भन्ने अलावा यो अधिकार व्यक्तिको अधिकार हो कि ? जातीय समुदाय वा आदिबासीको अधिकार हो कि ? वा राष्ट्रको अधिकार हो भन्ने विषयमा पनि स्पष्टता पाइदैन् । अतः  आत्म–निर्णयको अधिकारबारे अवधारणागत स्पष्टता आजको आवश्यकता भएको छ । 
 

Contacts

 Tika Dhwoj Khadka(LL.M)
Center for Legal Dialogue
Adwaitmarg, Bagbazar, Kathmandu
Email: advocatetika2014@gmail.com
Mob: 9841513113

Powered By:Recent I.T. Solution and Research Center